बाइडेनको जितलाई अन्तिम औपचारिकता, जनवरी २० मा सपथ

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनसँगै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले अन्तिम औपचारिकता पाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियार युक्त समर्थकले संसद भवनमा गरेको आक्रमण र अवरोधका कारण केही घण्टा रोकिएर सुरु भएको सदनको संयुक्त शत्रले बाइडेनको जितलाई अन्तिम औपचारिकता दिएको हो ।
एरिजोना तथा पेनसिलभेनियाको इलेक्टोरल मत अवरोध गर्नका लागि रिपब्लिकन सिनेटर तथा तल्लो सदनका सदस्यहरुले गरेको प्रयास बहुमतले अस्वीकार गरेसँगै बाइडेनको जितले औपचारिकता पाएको छ । सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको छ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका छन् । सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित जस्तै भएको छ। यसअघि राज्यका सदनले प्रमाणिकरण गरेको इलेक्टोरल कलेजको मत सदनमा पठाइएको थियो ।
ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै हार स्वीकार गरेका थिएनन् । नतिजा उल्ट्याउनका लागि गरेका कानूनी तथा ‘हिंसात्मक’ प्रयास विफल भएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तव्य जारी गरेर जनवरी २० मा सत्ताको सहज हस्तान्तरण गर्ने उल्लेख गरेका छन् । हार स्वीकार गरेपनि चुनावको नतिजामा आफ्नो विमत्ति रहेको अडान भने ट्रम्पले दोहोर्याएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, राजनीति
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्