Techie IT
Mission Khabar

किन निलम्बन गर्यो ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर ह्यान्डल ? नयाँ खोल्दा समेत बन्द गर्ने चेतावनी


एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा नै निलम्बन गरेको छ । अझै पनि ट्रम्पले हिंसालाई उकास्ने खतरा कायमै रहेको निष्कर्षसहित ट्वीटरले ट्रम्पको ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको जानकारी दिएको हो ।

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो । सो घटनापछि ट्रम्पको ट्वीटर १२ घण्टाका लागि बन्द गरिएको थियो । यसपछि समेत ट्रम्पको ह्यान्डलबाट आउने ट्वीटको उक्साहटमा उलदंगा हुनसक्ने आँकलन ट्वीटरले गरेको छ । यसअघिका ट्वीट विश्लेषणका आधारमा यस्तो विश्लेषण गरेर ह्यान्डल नै बन्द गरिएको पाइएको छ ।

राष्ट्रपतिको एकाउन्ट प्रयोग गरि ट्रम्पले ट्वीटरलाई गाली गरेका केही ट्वीट यस्ता छन् :

चेतावनीमुलक यी सबै ट्वीट डिलेट गरेको ट्वीटरले डोनाल्ड ट्रम्पका नाममा नयाँ एकाउन्ट खुल्नासाथ बन्द गर्ने चेतावनी नै दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्