Techie IT
Mission Khabar

अमेरिकी राजदूत र्‍यान्डी बेरीको नेपालमा राजनीतिक सक्रियता


काठमाडौं । सत्तारुढ दल नेकपामा संकट गहिरिँदा नेपालका लागि चीनियाँ राजदूत होउ यान्छीको राजनीतिक भेटवार्ताले तिब्रता पायो । लामो समयको चीनिया सक्रियताले समेत नेकपाको संकट टार्न सकेन । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै पछिल्लो समय फेरी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियता बढेको छ ।

सोमबार बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे । अमेरिकी राजदूतावासले भेटवार्ता बारे जानकारी गराउँदै बाइडेन प्रशासनको विश्वव्यापी प्राथमिकताहरुका बारेमा नेपालका राजनीतिक नेतृत्वसँग छलफल गर्ने क्रममा बेरीले प्रचण्ड र देउवासँग भेटेको जनाएको छ । प्रतिनिधिसभा विघटन भएर दलहरु आन्दोलनमा रहेको बेला प्रचण्ड र देउवालाई भेटेका बेरीले लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका बारे प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

बिहीवारमात्रै पनि अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बाइडेन प्रशासनको प्राथमिकताका बारेमा जानकारी दिनुभएको थियो । अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी रोकिएको, संबैधानिक संकटसँगै राजनीतिक अस्थिरता बढेको समयमा भएको अमेरिकी राजदूत बेरीको भेटघाट र राजनीतिक सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्