पिठ्युमा छोरा बोकेर रिक्सा चलाउँदा भाइरल बनेका अर्जुन पक्राउ, बलात्कारको अभियोग

काठमाडौं । छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएसँगै भाइरल बनेका अर्जुन बिक प्रहरीबाट पक्राउ परेका छन् । बिकलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धक अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा गत ८ गते अर्जुनलाई काठमाडौंबाट पक्राउ गरेर कैलाली ल्याइएको जानकारी दिएको छ । अर्जुनविरुद्ध गत भदौ ११ गते नै जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग पत्र दर्ता भएको थियो । १३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । यसरी उजूरी दिनेमा अरु कोही नभएर उनकै श्रीमती लक्ष्मी बिक हुन् । जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिएर अर्जुनमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय बिकको केही समय अगाडि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो । उनले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकेर ठेला गुडाउँदै गरेका थिए । तस्बिर भाइरल भएपछि उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताएका थिए । उनको जीवनीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो चलचित्र समेत सार्वजनिक भएको थियो ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्