Techie IT
Mission Khabar

तराईमा बाक्लो हुस्सु, काठमाडौं उपत्यकामा चिसो बढ्यो


काठमाडौं । काठमाडौं उपत्यकामा तापक्रम घटेसँगै अघिल्ला दिनको तुलनामा चिसो बढेको छ । काठमाण्डौंमा मंगलबार२ दशमलव ८ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम घटेर आज दुई डिग्रीमा झरेको छ ।

राति आकाश सफा भएकाले बिहान चिसो भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । काठमाडौं उपत्यकासँगै देशको तराईमा पनि आज बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी तराईबाहेक अरु ठाउँमा लागेको हुस्सु दिउँसो हटेर घाम लाग्ने सम्भावना रहेको जानकारी दिएको छ । पूर्वी तराईमा भने बेलुकीसम्मै हुस्सु लाग्ने आँकलन गरिएको छ । काठमाण्डौ उपत्यकामा विहानपख देखिएको हुस्सु घामसँगै हटेको छ । तराईमा दिनहुँ बाक्लो हुस्सु लागे पनि शीतलहर भने चलिनसकेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

४८ घण्टासम्म लगातार हुस्सु लागेको अवस्थालाई मात्र शीतलहर भनिने भएकाले तराईमा शीतलहर नचले पनि राम्रोसँग घाम नलाग्दा जनजीवन बढी कष्टकर भएको पाइएको छ । बाक्लो हुस्सुकै कारण तराईमा हवाइ उडान समेत लामो समयदेखी नियमित हुन सकेका छैनन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्