अष्ट्रेलिया बसोबास गर्नेहरुका अभिभावकले अष्ट्रेलियामै बसेर अब प्रवेशाज्ञा भिसा पाउने

ब्रिजबेन, अष्ट्रेलिया । अब अष्ट्रेलियामा बसोबास गर्नेहरुको परिवारका सदस्य तथा अभिभावकले भिसाका लागि केही सहजता पाउने भएका छन् । संघीय सरकारले भिसाको नियममा अस्थायी परिवर्तन गर्दै अभिभावकहरुले प्रवेशाज्ञा आवेदन दिँदा अष्ट्रेलियामै रहेर पनि आवेदन दिन सकिने नयाँ व्यवस्था गरेको हो।
यो वर्षको पहिलो तीन महिनाभित्र यो परिवर्तित नियम लागू गरिने बताइएको छ । यसअघिसम्म अभिभावकहरुले भिसा सकिनुअघि नै देश छोडेर जानुपर्ने र फेरि फिर्ता आउन चाहेमा प्रवेशाज्ञा आवेदन दिनुपर्ने झन्झटिलो व्यवस्था रहेको थियो । प्रवेशाज्ञा आवेदनमा व्यहोर्नुपरेको समस्याको आँकलन गरेर नै व्यवस्था परिवर्तन गरिएको बताइएको छ ।
अध्यागमन मन्त्री एलेक्स हकले नयाँ नियमले भिसाको समयावधिमा कुनै फेरबदलन नभएको जानकारी दिनुभएको छ । यसअघिको नियममा विदेशमा रही भिसा आवेदन दिएका व्यक्तिहरुले अष्ट्रेलियामै बसेर भिसाको अर्को आवेदन दिन नमिल्ने व्यवस्था छ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्