अत्याधिक हावा हुरी र हिमपातका कारण जापानमा एकै दिन एक सय उडान प्रभावित

सुनिता बस्ताकोटी, फुकोउका । जापानमा अत्याधिक हावा हुरी र हिमपातका कारण एकै दिनमा झण्डै एक सय हवाई उडान रद्द भएका छन् । जापानका उड्डयन अधिकारीहरुका अनुसार अत्याधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएका हुन ।
हावा हुरी र हिमपातको असर विषेश गरेर देशको उत्तरी भागमा बढी देखिएको छ । जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल) का उडान सबैभन्दा बढी प्रभावित भएका थिए । एएनए का ४६ र जेएएल का ३४ ओटा उडान रद्द भएको जनाइएको छ । होकाइदो र उत्तरी होन्शुबाट हुने धेरै उडान प्रभावित भएका थिए ।
जापानका उड्डयन अधिकारीहरुले शुक्रबार कुल ९८ ओटा उडान रद्द भएको जानकारी दिएका छन् । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो । अहिलेपनि उत्तरी भागमा हावा हुरी र हिमपातको असर देखिएको छ ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, विश्व / विविध
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्