दोलखाको जनमुखी बचत तथा ऋण सहकारीले पायो दहालको नेतृत्वमा नयाँ कार्यसमिति

चरिकोट । दोलखाको वैतेश्वर गाउँपालिका-५ स्थित जनमुखि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माधवप्रसाद दहालको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । जनमुखी साकोसको अध्यक्ष, उपाध्यक्षसहितका तीन सदस्य पदमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्नुपरेको हो ।
निर्वाचनमा खसेको कुल मत ३ हजार १ सय ९२ मध्ये १ हजार ९ सय ३० मतसहित वर्तमान अध्यक्ष सिताराम दहाललाई पराजित गर्दै माधवप्रसाद दहाल जनमुखीको अध्यक्षमा निर्वाचित भए । आईतबार अपरान्ह सम्पन्न मतगणनाको परिणाम अनुसार पराजित सितारामले ९ सय ३४ मत प्राप्त गरे ।
नवनिर्वाचित अध्यक्ष दाहालले बचतकर्ताको बचतलाई उनिहरुकै हितमा सदुपयोग गरेर संस्थालाई गतिशील बनाइने बताउनुभयो । सहकारीको मर्म र भावना तथा बचतकर्ता अनि शेयर सदस्यको चाहाना अनुसार संस्थालाई अघि बढाउने उहाँको प्रतिबद्धता थियो ।
संस्थाको उपाध्यक्षमा १ हजार ८ सय ५३ मतसहित गिताकृष्ण शर्मा विजयी भए । संस्थाका पूर्व सहसचिव शर्मा वर्तमान लेखा संयोजक शंकर बस्नेतलाई १ हजार १ सय ७९ मत अन्तरलेले पराजित गर्दै उपाध्यक्षमा विजयी भएका हुन् । पराजित बस्नेतले ७ सय ७४ मत पाएका थिए।
यस्तै, संस्थाको काभ्रे सदस्यमा राजनकुमार दाहल, नाम्दु सदस्यमा कमलप्रसाद चौलागाई र दलित जनजाति सदस्यमा गिता भुजेल विजयी भएका छन्। जनमुखि साकोसमा कुल १२ हजार ५ सय १२ मतदाता रहेकाेमा ९ हजार ३ सय २० जना मतदाताले मतदान प्रक्रियामा भाग नै लिएनन्।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्