कोरोनाविरुद्धको खोप लगाएका दोलखाका ५५ जना स्वास्थ्यकर्मी विरामी

दोलखा । बुधबार दोलखाका १५५ जना स्वास्थ्यकर्मीले कोरोनाविर्द्धको भ्याक्सिन लगाएकोमा करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरि विरामी परेका छन्।
‘विरामी पर्न थालेको जानकारी प्राप्त भएको’ स्विकार्दै स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुुुुकुमार झाले भने, ‘सामान्य अफ्ठ्यारो भए पनि अस्पताल नै भर्ना गर्नु पर्ने गरि कोहि पनि विरामी भएका छैनन् ।’ ‘भ्यास्किन लगाउने भनेको भाईरस नै शरिरमा पठाउने भएकोले केहि असहज त भैहाल्छ’ प्रमुख झाले भने । कतिपय अवस्थामा खोप लगाएकाहरुलाई कोरोना रोगकै जस्तो लक्षण पनि देखिन सक्ने उनले बताए । एक महिला स्वास्थ्य स्वयंसेविकाले मिसनखबरसँग टेलिफोनमा भनिन्, ‘भ्याक्सिन लगाएदेखि नै ज्वरो हन्हनी आएको छ, राम्रोसँग बोल्न समेत हुँदैन, पहिला पहिला सुनेको कोरोना लागेजस्तो भएको छ ।’ ‘खोप लगाएका अरुसँग बुझ्दा अरुलाई पनि यस्तै भएको रहेछ ।’
योसँगै दुईदिनसम्म लगाईसकिएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना नै गरिएको छ । बैठकका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र विहिबार भ्याक्सिन लगाएका अधिकांसलाई ज्वरो आएको जानकारी आएपनि सबै जोखिमरहित रहेको बताए । पहिलो चरण अन्तरगतको पहिलो डोज भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म ४६५ जनालाई लगाएको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।
५ मिलिमिटरको एक डिब्बा कोभीसिल्ड भ्याक्सिन १० जनालाई लगाईने गरिएको स्वास्थ्य कार्यालय दोलखाले जानकारि दिएको छ । भ्याक्सिन लगाएपछिको सामान्य असरले नडराउन सबैलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्