देशभर कांग्रेसका शुभेच्छुक संस्थाहरूको प्रदर्शन

दोलखा। प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेपाली कांग्रेसले आफ्नो आन्दोलनलाई जारी राखेको छ । शनिबार देशभर कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरेका छन् ।
सोही क्रममा दोलखामा समेत प्रधानमन्त्री ओलीको कदमविरुद्ध विरोध प्रदर्शन भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक स.घ, लगायतका शुभेच्छुक संस्थाहरूको आहृवानमा मौन विरोध प्रदर्शन भएकोे हो । नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालयबाट निस्कीएको मौन विरोध प्रदर्शनले बजार परिक्रमा गर्यो । नेपाल ट्रेड युनियन कांग्रेसका सभापति रामजी प्रसाद चौलागाई , नेपाल शिक्षक संघ गोबिन्द नारायण मानन्धरको नेतृत्वमा नेता कार्यकर्ता संसद विघटनविरुद्ध मौन प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनर्स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनि दिएन राहत जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरिएका थिए ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्