अमेरिकामा मात्रै कोरोनाबाट ४ लाख ७९ हजार बढीको मृत्यु, युरोपभर दोश्रो लहरको त्रास

काठमाडौं । विश्वलाई आतंकित बनाएको कोरोना महामारिबाट अमेरिकामा मात्रै ४ लाख ७९ हजार बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७ सय ७२ पुगेको हो ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ९५ हजार ५४२ जना संक्रमित थपिएका छन् । यसअघि मंसिर २७ मा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जना संक्रमित थपिएका थिए । पछिल्लो वृद्धिसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख ९९ हजार नाघेको छ । संक्रमितमध्ये १ करोड ७६ लाख ३९ हजार २१७ ले कोरोना जित्दा अझै ९६ लाख ८० हजार ९५७ जना उपचाररत छन् । यी मध्ये २१ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
पछिल्लो समय कोरोना महामारिको प्रकोप युरोपेली मुलुकहरुमा दोहोरिएको छ । ब्राजिल, रुस, युके, फ्रान्स, स्पेन, इटाली, जर्मन, मेक्सिको लगायतका देशमा पछिल्लो समय संक्रमण र मृत्युदर बढी देखिएको छ । युके, फ्रान्सहितका कतिपय युरोपेली मुलुकमा त अहिले लकडाउन र कडा प्रतिबन्धको अवस्था छ । यो समाचार तयार पार्दासम्म विश्वभर १० करोड ७४ लाख ११ हजार ४३७ जना कोरोना संक्रमणको सिकार भएका छन् । यी मध्ये ७ करोड ९३ लाख ३८ हजार २४८ जनाले कोरोना जित्दा २३ लाख ५१ हजार १९२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । संक्रमित मध्ये विश्वभर अहिले पनि २ करोड ५५ लाख ७४ हजार बढी उपचाररत रहेकोमा १ लाख २ हजार ५८३ को अवस्था गम्भिर छ ।
यतिबेला विश्वका अधिकांश देशमा कोरोनाविरुद्धको खोप पुग्ने र लगाउने क्रमले तिब्रता पाइरहेको छ । तर कोरोना संक्रमण र मृत्युदर कम हुन सकेको छैन । अमेरिका लगायतका कतिपय देशमा निरन्तर त्रासदी कायमै रहदा युरोपका कतिपय देशमा, बेलायत लगायतका देशहरु दोश्रो लहर र नयाँ भाइरसका कारण महामारिको जोखिममा परेका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्