प्रतिगमन र बलात्कारविरुद्ध माइतीघरमा निरन्तर आन्दोलन
सरकारविरुद्ध नारा : 'तिम्रो कानुन चाहिँदैन, छोरी मार्न पाइँदैन'

काठमाडौं । महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्ध माइतीघर मण्डलमा पछिल्लो समय नियमित विरोध प्रदर्शनका कार्यक्रम भैरहेका छन् । शनिबारपद्मकन्या क्याम्पसका छात्राहरूले मुखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले १० दिन पहिले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट, अढाई वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलगायतको घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे। बलात्कारी हत्यारालाई सार्वजनिक गर्न माग गरेका उनीहरुले तिम्रो कानुन चाहिँदैन, छोरी मार्न पाइँदैन भन्दै सरकारमाथी खबरदारी गरेका थिए ।
निरन्तर नागरिक समाजको प्रदर्शन
अर्कोतर्फ अहिंसात्मक नागरिक प्रर्दशनको नाममा पनि शनिबार काठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदम विरुद्ध आन्दोलन भएको छ । नागरिक समाजका प्रतिनिधिले गरेको प्रदर्शनमा प्रतिनिधिसभा मान पाईदैन, निरंकुश सरकार चाहिँदैन भन्दै प्ले कार्ड प्रदर्शन तथा नारावाजी गरिएको थियो ।
संवैधानिक निकायको कब्जा बन्द गर, संवैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको निरन्तर विरोध गर्दै आएका छन् । प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायत पेशाकर्मी तथा अधिकारकर्मीहरुको उपस्थिति रहदैआएको छ ।
क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्