असार मसान्तसम्म बैंकहरुले ऋणीको धितो लिलाम र कालोसूचीमा राख्न नपाउने

काठमाडौं । राष्ट्र बैंकले ६ महिना भन्दा बढीको ऋण बाकी नरहेकाहरुको धितो लिलाम र कालोसूचीमा राख्ने प्रक्रिया आगामी असार मसान्तसम्म अघि नबढाउन बैंकहरुलाई निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७७\०७८ को मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीको ६ महिना भन्दा बढीको ऋण बाकी नरहेको अवस्थामा त्यस्तालाई धितो लिलामी र कालोसूचीमा राख्ने काम २०७८ असार मसान्तसम्म नगर्न निर्देशन जारी गरेको हो । यस्तै व्यक्तिगत आवधिक कर्जाको ब्याजदर कर्जा अवधिभर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र त्यसपछि प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न समेत राष्ट्र बैंकले मातहतका सबै बैंकलाई आग्रह गरेको छ ।
बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलामका र कालोसूचीका सूचना प्रकाशन गरेको भन्दै व्यापक विरोध भएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्