कोरोनाविरुद्धको खोप अभियान : अब निजामती कर्मचारी र जनप्रतिनिधिको पालो

काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको खोप लगाउने क्रमले तिब्रता पाएको छ । स्वास्थ्यकर्मी, सफाइकर्मी, सञ्चारकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाएसँगै आइतबारबाट निजामती सेवाका कर्मचारीलाई खोप दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतले कोभिड १९ विरुद्धको खोप लगाउन थालेका छन् ।
निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतिले निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर खोप लगाइएको जानकारी दिनुभयो । यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप लगाउन थालिएको छ । जनप्रतिनिधि तथा जोखिम समूहमा रहेका बृद्धबृद्धालाई समेत कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।
पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले मेडिकल काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीले पनि खोप लगाउन थालेका छन् । अदालतका न्यायाधीश र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचय पत्रका आधारमा खोप लगाइदैछ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्