Techie IT
Mission Khabar

दोलखामा श्रीमानले नै गरे श्रीमतीको बिभत्स हत्या


दोलखा, सुरज बस्नेत । दोलखाको कालिन्चोक गाउँपालिका–६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गररेर श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेको अवस्थामा सुनिताको ओछ्यानमै शव भेटिएको प्रहरीले जानकारी दिएको छ । हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको जिप्रका दोलखाका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए । अभियुक्तलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

स्थानीयका अनुसार केहि वर्ष अघि हिमाल थामीकी पहिलो श्रीमतीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि सुनितालाई बिवाह गरेका उनले आफ्लै हत्या गरेका छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्