Techie IT
Mission Khabar

दोलखामा नेकपा प्रचण्ड नेपाल समूहको भेला, प्रधानमन्त्री ओलीका कारण देश संकटमा फसेको दाबी


दोलखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले दोलखाको जिरी नगरपालिकाबाट प्रधानमन्त्री केपि शर्मा ओलीको असबैधानिक कदम विरुद्ध आन्दोलन सुरु गरेको छ । नेकपा प्रचण्ड र ओली समूहमा बिभाजित भएपछि पहिलो पटक प्रचण्ड नेपाल समूहले जिरिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

नेकपा जिरिका अध्यक्ष नवीन जिरेलको अध्यक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा प्रदेश सदस्य नरबहादुर पाख्रिन, नेकपाका नेता प्रोनप्रताप केसी, लगायतले मन्तव्य राखेका थिए । १०० जना भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितमा भएको अन्तरक्रियाबाट प्रधानमन्त्री ओलीको असंबैधानिक कदम विरुद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने तथा जिल्लामा नगर देखि वडासम्म भेला तथा विरोध कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

अन्तरक्रियाका क्रममा नेकपा जिरिका अध्यक्ष जिरेलले ओली सरकारले काम भन्दा बढी गफ गरेको, रेल, पानी जाहज, पाईपलाईनमा ग्यास, गरिबीमुक्त समृद्ध समाज, भ्रष्टाचार बिरुद्धको कुरा उखान टुक्काका टुक्राहरु मात्रै भएको आरोप लगाए । राष्ट्रियता प्रधानमन्त्री ओलीका लागि मजाक भएको दाबी गरेका प्रचण्ड नेपाल समुहका नेताहरुले ओली नेकपाका लागि मात्र नभई राष्ट्र र ब्यवस्थाकै लागि घातक भएकाले हातमा कमण्डलु थमाएर काँसी पठाउनुको बिकल्प नभएको जिकिर गरेका थिए ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्