Techie IT
Mission Khabar

जिल्लाको रगत अभाव टार्न अनेरास्ववियू दोलखाले सम्पन्न गर्यो रक्तदान कार्यक्रम


दोलखा । नेपाल रेडक्रस सोसाइटी दोलखाको संयोजनमा अनेरास्ववियू दोलखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा बिभिन्न ५० जनाले रक्तदान गर्नुभएको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य शक्ति पाठकले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले रक्तदान कार्यक्रम वार्षिक क्यालेण्डर अनुसार नै आयोजना गरिएको जानकारी दिए । अनेरास्ववियू दोलखाका सह संयोजक राजकुमार ढुङ्गेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेकपा दोलखाका अध्यक्ष तथा तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले रक्तदाताहरुलाई संयुक्त रुपमा ब्लड ब्याग तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्