नेपाल आयो कोभिड–१९ विरुद्धको १० लाख डोज खोप, केही दिनमै दोश्रो चरणको अभियान

काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
विमानस्थलबाट सरकारी अधिकारीहरुले खोपलाई सुरक्षित तरिकाले भण्डारणस्थलसम्म पुर्याएका छन् । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि खरिद ऐन एक पटकका लागि संशोधन गरेर ९३ करोड अग्रिम भुक्तानी पनि दिइसकिएको छ । अहिले स्वास्थ्यकर्मी, सफाईकर्मी,कर्मचारी तथा विभिन्न पेशाकर्मीलाई पहिलो चरण अन्तर्गत खोप लगाइएको छ । अहिले चालक सहचालक तथा शिक्षकहरुलाई खोप लगाउन थालिएको छ ।
अबको केही दिनमा पहिलो अभियान पुरा गरेर दोश्रो अभियान सुरु गर्ने तयारीमा सरकार जुटेको छ । यही महिनाको २३ गतेबाट ६० वर्षमाथीका जेष्ठ नागरिकलाई खोप लगाउने कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्