संसद विघटनलाई बदर गर्ने ऐतिहासिक फैशला, १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्ने ऐतिहासिक फैशला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।
संबिधानको व्यवस्था विपरित बहुमतको प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै नेकपाकै प्रचण्ड नेपाल समूह, जनता समाजवादी पार्टी, साझा विवेकशिल लगायतका पार्टी नागरिक समाजका अगुवासहित पेशाकर्मीहरु आन्दोलित हुँदै आएका थिए । यो फैशलापछि राजनीतिक घटनाक्रम कसरी अघि बढ्दा अबको आम चासो यतातिर मोडिएको छ ।
यस्तो छ फैसलाको पूर्णपाठः
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्