कतिमा भइरहेको छ, बुधबार नेपाली बजारमा सुनको कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला एक हजार सात सयले घटेर ८७ हजारमा कारोवार भएको छापावाला सुनको मूल्य आज ५०० रूपैयाँले बढेको हो ।
नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुनको मूल्य बुधबार ८७ हजार ५०० निर्धारण भएको छ । यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० मा कारोवार भएकोमा आज बढेर ८७ हजार ५० पुगेको छ ।
चाँदी पनि आज तोलामा २५ रूपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० मा मङ्गलबार कारोवार भएकोमा बुधबार एक हजार ३१५ रूपैयाँ निर्धारण भएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्