संसद् सचिवालयमा प्रचण्डको पत्र : ‘ओलीको निर्णयलाई बैधानिकता नदिनु’ !

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्को पक्षको नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरेका कामकारवाही र सिफारिशलाई मान्यता नदिन आग्रहसहित संसद् सचिवालयलाई पत्र लेखेका छन् । प्रचण्ड–नेपाल पक्षका सांसद देव गुरुङसहित केही सांसद पत्र बोकेर संसद् सचिवालय पुगेका थिए ।
पत्रमा पार्टीले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट र केन्द्रीय कमिटीबाट कारवाही गरेर हटाएकाले उनले दलको नेताको हैसियतमा गरेका कुनै पनि कामकारवाही मान्य नभएको उल्लेख गरिएको छ । ओली पार्टी सदस्य नै नरहेको अवस्थामा संसदीय दलको नेताको रूपमा रहन नसक्ने कुरातर्फ संसदीय दल र सम्बन्धित सबैमा ध्यान आकर्षित गराउन चाहन्छु प्रचण्डले लेखेको पत्रमा उल्लेख छ ।
प्रचण्डको पत्रमा संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरिएको छ । प्रतिनिधि सभा विघटन भएपछि बहुमत केन्द्रीय कमिटीको बैठकले ओलीलाई कारवाही गरेर पार्टीबाट निष्काशन गरेको थियो । केही दिनअघि ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए । पत्रमा ओलीले संसदीय दलको नेताको हैसियतमा गरेका काम कारवाहीलाई मान्यता नदिन समेत आग्रह गरिएको छ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्