जापानको राजधानी टोकियो क्षेत्रमा लम्ब्याइयो सङ्कटकाल

सुनिता बस्ताकोटी, फुकोउका । जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको घोषणा गरेका हुन् ।
सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिनुभयो । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकाल थप्नु परेको उनको भनाइ छ । राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने बताइएको छ । कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा सङ्कटकाल लम्ब्याउने निर्णय गरिएको हो । प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिलेसम्म दोस्रो पटक थपेका हुन् । गत जनवरीमा सङ्कटकालको घोषणा भएको थियो ।
दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन, हेलचक्रयाइ नगर्न स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । महामारी फैलिने खतरा रहेकाले सङ्कटकाल लम्ब्याउनु पर्नेमा सरोकारवालाको जोड रहँदैआएको थियो । सङ्कटकाल लम्किएपनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले बताएका छन् । बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भीडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ ।
जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार थप ३०१ जना सङ्क्रमित थपिएका थिए । योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको छ । कोरोनाभाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ । ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएसँगै थप जोखिमको आँकलन गरिएको छ ।
क्याटेगोरी :
देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्