आइतबारको प्रतिनिधिसभा बैठक स्थगित, फागुन २६ गते अर्को बैठक

काठमाडौं । संबैधानिक इजलासको फैशलाबाट पुनःस्थापित भएर पहिलो पटक बसेको आइतबारको प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको हो ।
संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेश गर्ने विषय र वर्तमान र पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव गर्ने विषय उल्लेख गरेपनि नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै संबैधानिक आयोग सम्बन्धि अध्यादेश अघि बढाउन खोजेपछि अवरुद्ध गरेका थिए । प्रचण्ड माधव समूहका सांसद भीम रावलले शोक प्रस्ताव पारित हुने दिन अन्य विषय कार्यसूचीमा राख्न नहुने बताएपनि सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशहरु संसद बैठक बसेकै दिन पेश गर्नुपर्ने कानुनी प्रावधान रहेको भन्दै कार्यसूची अनुसार नै अघि बढ्नुपर्ने बताएका थिए ।
बैठकको सुरुवातमै प्रचण्ड माधव समूहका सांसदले प्रतिनिधिसभा बैठकस्थल छाडेका थिए । कानुनमन्त्रीलाई अध्यादेश बैठकमा पेस गर्न भनिएसँगै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषदको मर्ममाथि प्रहार गरेको भन्दै उक्त अध्यादेश संसदमा पेश गर्न नदिने अडान लिए ।
सभामुख सापकोटाले कांग्रेसका विरोधका बाबजुद कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले रोस्टममा नाराबाजी गरेका थिए । नाराबाजीका बीच सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेपनि बिरोध जारी रहेपछि सूचना टाँस गरेर फागुन २६ गतेसम्मका बैठक स्थगित गरिएको छ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्