Techie IT
Mission Khabar

पत्रकार महासंघको चुनाव : ललितपुरमा सागर न्यौपाने नेतृत्वको गठबन्धन विजयी


ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनबाट सागर न्यौपाने नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी बनेका हुन् ।

यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् । प्राइम टाईम्स टिभिको कार्यक्रम जनताको इजलासका प्रस्तोता तथा सह सम्पादक रहेका दिपक अर्याल श्रमजीवि पत्रकारका रुपमा सक्रिय रहेपनि पहिलो पटक महासंघको चुनावी अभियानमा होमिएका जुझारु पत्रकार हुन ।

न्यौपाने प्यानलले यो जित सम्पूर्ण श्रमजिविको जित भएको भन्दै श्रमजिवि तथा साना लगानीकर्ताको पक्षमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धतासहित सम्पूर्ण मतदातालाई धन्यवाद दिएको छ । कांग्रेस निकट प्रेस युनियन, मओवादी निकट प्रेस सेन्टर, एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारी, नेकपा मसाल लगायत बिभिन्न दल निकट पत्रकार संगठनहरुको संयुक्त प्यानलले ललितपुरमा जीत निकालेको छ ।

केन्द्रमा समेत यही बिपुल पोखरेलको अध्यक्षतामा यीनै दल निकट पत्रकारहरुको गठबन्धन अग्रस्थानमा देखिएको छ । अध्यक्ष ओली निकट प्रेस चौतारी नेतृत्वको प्यानल र पोखरेल प्यानलबीच प्रतिस्पर्धा देखिएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्