Techie IT
Mission Khabar

स्रोत नखुलेको साँढे २४ लाखसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ


काठमाडौं । स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंबाट यति एयरको जहाज चढेर मोरङ जान लागेका मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेत आइतबार साँझ पक्राउ परेका हुन् ।

विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा स्रोत नखुलेको नगद फेला परेसँगै उनी पक्राउ परेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्