Techie IT
Mission Khabar

राजश्व छली गर्ने १३ वटा फर्म बिरुद्ध २ अर्ब १९ करोड २७ लाखको बिगो दाबी गर्दै मुद्धा दर्ता


काठमाडौं । नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा १३ फर्म विरुद्ध मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा राजश्व छली गरेको अभियोगमा १३ वटा फर्म विरुद्ध मुद्दा दायर गरेको हो ।

सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर हानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध विभागले मुद्दा दायर गरिएको छ । विभागले यी फर्महरुले नक्कली मूल्य अभिवृद्धि करसहित आयकर कर समेतको नक्कली बिल प्रयोग गरी राजश्वमा ठूलो क्षति पुर्याएको भन्दै कुल २ अर्ब १९ करोड २७ लाख ९५ हजार ६१४ रुपैयाँ बिगो दाबी बराबरको मागदाबी गरेको छ ।

यी कम्पनीहरुले मूल्य अभिवृद्धि करतर्फ कुल ६४ करोड ४० लाख ९७ हजार ८७२ रुपैयाँ र आयकर तर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७२४ रुपैयाँ राजश्व छली गरेको विभागको अनुसन्धानबाट खुलेको बताइएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्