Techie IT
Mission Khabar

७ हजार ४४८ संक्रमित थपिदा ३७ को मृत्यु, ७२० जना आईसीयू र भेन्टिलेटरमा

५४ हजार ४१ सक्रिय संक्रमित मध्ये ३ हजार ८६९ मात्रै अस्पतालमा


काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण र संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या तिब्र बन्दैछ । पछिल्लो २४ घण्टामा थप ३७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षणबाट ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना पहिचान भएको हो । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ । दुई हजार २१ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेर ५४ हजार ४१ पुगेको छ । गम्भिर किसिमको संक्रमण पहिचान हुने क्रम समेत बढ्दो क्रममा देखिएको छ । देशका विभिन्न अस्पतालमा ३ हजार ८६९ संक्रमित उपचारका लागि भर्ना भएकोमा ५ सय ७८ जना आईसीयू र १ सय ४२ जना भेन्टिलेटरमा रहेका छन् । यसले पनि गम्भिर बिरामीसँगै कोरोनाको जोखिम तिब्र बनेको देखाएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्