Techie IT
Mission Khabar

बिद्रोही उम्मेदवार खिमलाल देवकोटाबाट एमाले उम्मेदवार बादल पराजित


काठमाडौं । बागमती प्रदेश अन्तर्गतको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

देवकोटाले कुल ५०८८ मतभार बराबरको मत पाउँदा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले ४०१४ मतभार पाए । सहित विजय हासिल गरे । एमालेको माधव नेपाल पक्षको मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको थियो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका थिए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए । एकजना जनप्रतिनिधिको मृत्यु भएको थियो भने बाँकी ८ मते खसेन ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्