Techie IT
Mission Khabar

८ हजार ३०५ संक्रमित थपिदा १ सय ९० जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ९० जनाको मृत्यु भएको छ । ८ हजार ३ सय ५ जना संक्रमित थपिँदा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पद्धिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षण गरिएको छ । योसँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ३८ अहिले होम आइसोलसेसनमा छन् । संस्थागत आइसोलेसनमा अर्थात देशभरका अस्पतालमा ७ हजार ८ सय १४ जना संक्रमित उपचाररत छन् ।

अहिले १ हजार ७ सय ४८ जना आईसीयूमा र ४ सय ९२ जनालाई भेल्टिलेटरमा राखेर उपचार भैरहेको छ । हालसम्म ४ लाख ८८ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ लाख ६६ हजार ९ सय ४६ जनाले कोरोना जितेका छन् । भएको छ । संक्रमितमध्ये ५ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्