नीति तथा कार्यक्रम बहस : आफ्ना बाहेकको आलोचना

काठमाडौं, जेठ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल सहित मधेशवादी दलका सांसदहरुले आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले प्रतिनिधि सभामा जारी छलफलमा नीति तथा कार्यक्रम फगत गफ, कार्यान्वयन नहुने महत्वकांक्षा भनेका छन् ।
कांग्रेस सभापति समेत रहेका सांसद शेरबहादुर देउवाले नीति मात्रै आएको भन्दै कार्यक्रम खोई भनेर सरकारसँग प्रश्न गरे । अहिलेको सरकारले राष्ट्रियताको गफ गरेर समय बर्बाद गरेको आरोप लगाएका देउवाले हिमाल, पहाड, तराई सबै भूगोलका नेपाली राष्ट्रवादी र स्वाभिमान भएको भन्दै राष्ट्रियताको पाठ पढाउन नपर्ने जिकिर गरेका थिए । कांग्रेसले दलको बैठक मार्फत पनि नीति तथा कार्यक्रम चुनावी घोषणा पत्र जस्तो भएको भन्दै कार्यान्वयमा समस्या औल्याएको थियो ।
अझ, जारी बैठकमा काँग्रेस सांसदहरुले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको भन्दै पुर्नलेखनको काम पनि गरेका छन् । सरकारलाई समर्थन दिएका राजपा र संघीय समाजवादी फोरमले भने नीति तथा कार्यक्रम स्विकार्न नसकिने भन्दै संविधान संसोधनको माग र मुद्धामा सहमती खोजेका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, जनप्रतिनिधि, राजनीति
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्