Techie IT
Mission Khabar

राजश्वमुखी बजेट : आफ्नै सन्तुष्ट पार्न सकेन


काठमाडौं, जेठ । आर्थिक क्षेत्रका विज्ञ मानिने अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटले आफ्नै दलका सांसदलाई सन्तुष्ट पार्न सकेन् । बजेटलाई कतिपय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले नै चुनावमा तत्कालीन वाम गठबन्धनको घोषणापत्र र मतदातामा गरेको प्रतिबद्धता अनुसार आउन नसकेको बताएका हुन् ।
सत्तापक्षका सांसदले खुलेर बजेटको बिरोध गर्न नसके पनि विद्धान अर्थमन्त्रीको भरपर्दा जनअपेक्षा पुरा नहुने आशंका व्यक्त गरेका छन् । यसरी अनसन्तुष्टी राख्नेमा पूर्व उर्जामन्त्री जनार्दन शर्मा देखी पूर्व अर्थमन्त्री समेत रहेका नेकपा नेता सुरेन्द्र पाण्डे पनि अपेक्षाकृत रुपमा बजेट नआएको बताए ।

केही सांदले त पार्टीका प्रभावशाली नेताहरुलाई विश्वास नगरी समृद्धिको सपना साकार पार्ने व्यक्तिका रुपमा प्रधानमन्त्रीले अर्थ सुम्पिएका अर्थमन्त्री खतिवडाले ले पार्टीलाई डुबाउने चिन्ता बढेको बताए । उनीहरुले जनतालाई आशा जगाउने खालका कुनै नयाँ र ठूला परियोजनाको साटो विगतकै जस्तो बजेट ल्याउनुले अर्थमन्त्रीको कमजोरी भनेका छन् ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वास गरेका अर्थमन्त्री र बजेटको बचाउ गर्दै देश बनाउने सपना सहितको बजेटको कार्यन्वयन हेर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनप्रतिनिधि
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्