Techie IT
Mission Khabar

मातातिर्थको  पानीमा लापरबाही : फितलो नियमन, हुदैन कारबाही


काठमाडौं, जेठ । काठमाडौंस्थित मातातिर्थमा सञ्चालित अधिकांश पानी उद्योगको उत्पादन गुणस्तरहिन भेटिएको छ । उद्योगमा कुनै न कुनै कमजोरी निरन्तर दोहोरिरहेको छ । तर उद्योगिले सुध्रिने मौका बाहेकको कुनै कारबाही भोग्नु परेको छैन । पछिल्लो अनुगमनले पनि मातार्थिको पानी खेलबाड हुन्छ जानजानी भन्ने नयाँ तथ्य उजागर गरिदिएको छ ।
कस्ले बजार अनुगमन गर्ने भन्ने नीतिगत अन्यौलकाबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खानेपानी व्यवस्थापन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रुपमा काठमाडौं उपत्यकाको खानेपानीको गुणस्तरबारे अनुगमन सुरु गरेका छन् ।

अनुगमनका क्रममा गुणस्तर तथा मापदण्ड पुरा नगरेको भेटिएपछि सगरमाथा फुड एण्ड वेभरेज प्रालिको पानी बिक्री बन्द गरी सिलबन्दी गरिएको छ । जहाँ पानीका जार बिनाशील बजारमा पठाउन लागिएको, शुद्धीकरण नगरी सोझै जारमा भरेको, फुटेको बिर्को टेपले टाँसेको अवस्थामा भेटिएका थिए । मातातीर्थकै दुवा फुड प्रोडक्ट एण्ड वेभरेज प्रालिमा पुराना जार भेटिएपछि अनुगमन टोलीले २९ वटा जार नष्ट गरेको छ । स्प्रिङ मिनरल वाटर मातातिर्थ प्रालिलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । सनसाइन वेभरेज प्रोडक्सन प्रालिको मुहानमा फोहोर भेटिएपछि एक महिनाभित्र मुहान लगायत वरिपरी सरसफाइ गर्न निर्देशन दिइएको छ ।

चार वटा पानी उद्योगमा भएको अनुगमनमा चारवटैमा कुनै न कुनै कैफियत भेटिनुले यसअघिको अनुगमनको निर्देशन कार्यान्वयन नभएको मात्रै पाइएको छैन, पानीको मनोमानीमा राज्यले नियमन गर्न नसकेको प्रष्ट हुन्छ ।


क्याटेगोरी : अर्थ / रोजगार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्