पेट्रोलियम मुल्य बृद्दि : डिजेल, पेट्रोल अझै भारतमा भन्दा सस्तो

काठमाडौं, जेठ । शनिबार मध्यरातबाट पेट्रोलियम पदार्थको मूल्य बृद्दि हुने भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा गरेको ३\३ रुपैयाँको मुल्यवृद्धि शनिबार राती १२ बजेबाट लागू हुने भएको हो ।
अब उपभोक्ताले पेट्रोलका लागि लिटरमा ११३ रुपैयाँ डिजेल र मट्टितेलका लागि ९५ रुपैयाँ तिर्नुपर्ने भएको छ । भारतीय आयल कर्पोरेशन आईओसी ले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि निगम सञ्चालक समितिको शनिबारको बैठकले मूल्य समायोजन गरेको हो । मूल्य बढाउँदा पनि निगमलाई अझै महिनामा १८ करोड ६२ लाख घाटा छ ।
आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार वृद्धि भइरहेको छ । भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ ।
क्याटेगोरी : अर्थ / रोजगार, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्