Techie IT
Mission Khabar

प्रदेश–१ ले अघि सार्यो केवलकार, जलमार्ग र जलविद्युतको महत्वकांक्षी योजना, होला त व्यवहारिक कार्यान्वयन ?


विराटनगर\इटहरी– प्रदेश १ सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम मार्फत केवलकार, जलमार्ग र जलविद्युत विकास लगायतका महत्वकांक्षी योजना अघि सारेको छ ।

नीति तथा कार्यक्रममा फाप्लुबाट लुक्ला, नाम्चे हुँदै आधार शिविरसम्म केवलकार चलाउने बारे तत्काल सम्भाव्यता अध्ययन प्रारम्भ गरिने उल्लेख छ । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशसभामा पेश गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा फुङ्गलिङ्ग–पाथिभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहक्षेत्र–सूूर्यकुण्ड, वाह्रविसे–सभापोखरी, केरावारी–जेफाले र अन्तुडाँडा–मंगलवारे लगायतका स्थानमा समेत केबलकारको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।

चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययनलाई पनि प्रदेश सरकारले महत्वका साथ अघि सारेको छ । जलस्रोत समृद्धिको मुख्य आधार मानेको प्रदेश–१ ले ५ वर्षभित्र १५०० मेघावाट, १० वर्षभित्र ३००० र १५ वषमा ४५०० मेघावट विजुली उत्पादनको लक्ष्य अघि सारेको छ । अरुण तेस्रो, तमोर र दुधकोसी जलविद्युुत आयोजनाको उच्च प्राथमिकतामा राखीएको छ । विद्युत विकासका लागि संघीय सरकारको विशेष ध्यानकर्षण गराउने तयारी प्रदेशको छ ।

तमोर सिचाइ डाइभर्सन बहुुउद्देश्यीय जलाशययुक्त आयोजनालाई प्रादेशिक गौरवको आयोजनाका रुपमा संचालन गर्ने र जनतालाई जल, जमीन र जंगलको मालिक बनाउने नीति तथा कार्याक्रममा समेटिएको छ । यस्तै प्रदेश सरकारले केही नारा सहित समाजवाद उन्मुख विकास अघि बढाउने लक्ष्य लिएको छ । प्रदेशको पानी जनताको लगानी–घरघरमा विजुली जनजनमा शेयरको नारा व्यवहारमा कार्यान्वयन गर्ने नीति सरकारले लिएको छ ।
नाराहरु –
‘सबैभन्दा वेश, १ नम्बर प्रदेश’, ‘एक समूह, एक उत्पादन’, ‘उत्पादन गरौं, प्रदेश समृद्ध बनाऔं’, ‘जस्ता माटो, उस्तो बाली’, ‘बचत गरौं, समृद्ध बनौं’, ‘एक नम्बर प्रदेशको शान, सवैको अनुहारमा मुस्कान’ ‘हाम्रो गौरव हामै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ स्वास्थ नागरिक, स्वस्थ प्रदेश, ‘संघीय गणतन्त्र नेपालको उपहारः एक परिवार एक रोजगार’
यी नारा सहित विभिन्न कार्यक्रम अघि सारिएको छ ।

प्रदेश सरकारको प्रत्यक्ष लगानी, सार्वजनिक नीजि साझेदारी तथा सार्वजनिक नीजि सहकारीको आधारमा आयोजना संचालन गर्नेगरि वैदेशिक रोजगारमा गएका र गैरआवासीय नेपालीलाई लगानीका लागि आहृन गरिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनप्रतिनिधि, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्