Techie IT
Mission Khabar

बजेटले महंगी थपेपछि सरकारले थाल्यो बजार भाउ विश्लेषण, सर्वसाधारणले पाउलान त राहत ?


काठमाडौं– बजेटसँगै महंगी बढेको गुनासो तिब्र भएपछि सरकारले बजार भाउ विश्लेषण सुरु गरेको छ । दैनिक उपभोग्य वस्तुको भाउ बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य वृद्धिको विश्लेषण सुरु गरेको हो ।

मूल्य विश्लेषण सुरु गरेको सरकारले प्रारम्भिक चरणमा व्यापारीबाटै बजेटको बहानामा आफूखुसी मूल्य निर्धारण गरेर एउटै वस्तु तथा सेवामा महंगी थपिएको निष्कर्ष निकालेको छ । बजारभाऊ एक्कासी बढेको गुनासो धेरै आएपछि सांसदहरुले समेत दैनिक उपभोग्य वस्तु सर्वसुलभ बनाउन माग गरेका छन् । अहिले दैनिक उपभोग्य खर्च बढेसँगै यसको प्रत्यक्ष प्रभाव रेमिटेन्समा पर्न थालेको छ । चौतर्फी प्रभाव देखिएपछि विभागले अनुगमन तीव्र बनाएर बजेट अघि र पछिको उपभोग्य वस्तुको मूल्य सूची संकलन गरिरहेको छ ।
सबैभन्दा बढी मुल्यबृद्धीको प्रभाव चामल, दाल र तेलमा परेको पाइएको छ । अनुगमनका क्रममा एउटै बस्तु तथा सेवाको मूल्य ठाउँ र पसल अनुसार फरक–फरक पाइएपछि पसले र उनीहरुको गतिबिधिमाथी निगरानी बढाएको छ ।

आफूखुसी निर्धारण भएको मूल्यका कारण बजारमा असमान मूल्य देखिएको दाबी गर्ने सरकारले नियमन गर्नुलाई मात्रै आफ्नो जिम्मेवारी ठानेको छ । हरियो तरकारीको भाऊ बढी बढेको छ भने तेल, गुडागुडी, दाल र चामलको मूल्य वृद्धि भएको छ । खानेतेलमा प्रतिलिटरमा १५ देखि २० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । एक सय १५ रुपैयाँ मूल्य रहेको सोयाबिन (भटमास) बजेटपछि एक सय ३० पुगेको छ । चामलमा २०, २५ र ३० किलोका बोरामा थोक बिक्रेताले ५० देखि डेढ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् । मासको दालमा १५ रुपैयाँ वृद्धि भएर ८५ रुपैयाँ पुग्दा अन्य दालमा प्रतिकिलोमा ५ देखि १५ रुपैयाँ बढेको छ ।

प्रत्येक उपभोग्य वस्तुको मूल्यमा १० देखि एक सय ५० रुपैयाँसम्मको भार थपिदैगर्दा सरकार अनुगमन गर्दैछु भनेर बस्ने की बजारमा मनपरि गर्ने बिरुद्ध कारबाही पनि गर्ने ?


क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्