राज्यकोषबाट उपचार खर्च : देउवाको ह्याट्रिकमा ओलीको साथ

काठमाडौं–उपचार खर्चका नाममा राज्यकोषबाट विशिष्ठ र पहुँचवाला व्यक्तिलाई रकम बाड्ने प्रचलनले दुई तिहाई मत सहितको बामपन्थी सरकारको पालमा पनि निरन्तरता पाएको छ । सार्वजनिक विदा कटौती गर्ने अनि अनावश्यक भ्रमण र सरकारी खर्च कटौती गर्ने निर्णय गरेको केपी ओली सरकारले उपचार खर्चका नाममा हुने राज्य कोषको भारलाई भने निरन्तरता दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता उपचार खर्चका नाममा बिगतमा जस्तो धेरै व्यक्तिलाई मनपरी रकम वितरणमा रोक लागे पनि केही विशिष्ठ व्यक्तिको उपचारखर्च भने रोकिएको छैन । मन्त्रिपरिषदबाटै निर्णय गराएर अहिलेपनि सरकारले उपचारखर्च निकासा गरिरहेको पाइएको छ । उपचारखर्च पाएका मध्ये कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का तथा नेकपा नेता तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको भौतिक अवशान भैसकेको छ । बिगतमा जस्तो निवेदनकै भरमा उपचार खर्च दिने प्रवृत्ति बाम सरकारले रोकेपनि पँहुच र प्रभाववालाहरुको सुविधा भने रोकिएको छैन ।
कम्युनिष्ट पार्टीको सरकार गठन भएपछि पनि राजपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्का, नेकपा नेता स्वर्गीय जागृत भेटवाल र नेकपाका नेता विश्वेश्वरा दाहाल तथा लव प्रधान मित्रलाई मन्त्रिपरिषदबाट निर्णय गरेर उपचार खर्च दिइएको छ ।दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएका राजपा अध्यक्ष मण्डलका अध्यक्ष तथा पूर्वमन्त्री महन्थ ठाकुरको हकमा सरकारले गत वैशाख ४ गतेको निर्णयअनुसार बिल बमोजिम भुक्तानी गर्न दिल्लीस्थित दूतावासलाई निर्देशन दिएपनि उनले सहयोग लिएका छैनन ।
मन्त्रिपरिषदको चैत १४ गतेको बैठकले खुमबहादुर खड्कालाई १५ लाख र जागृत भेटवाललाई पनि १५ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको थियो ।
यस्तै, चैत २४ गतेको मन्त्रिपरिषद बैठकले चितवन भरतपुर– ११ का ध्रुव घिमिरेलाई उपचार खर्च बापत ७ लाख रुपैयाँ दिइएको थियो । घिमिरेकी छोरी अन्जनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी थिइन् । अन्जना नाताले ओलीकै भाइबुहारी हुन् । नेकपाका पुराना नेता तथा विराटनगरका पूर्वमेयर लव प्रधानले ९ लाख, नेकपाकै पूर्वसांसद तथा शहीद रामनाथ दाहालकी पत्नी विश्वेश्वरा दाहालले ७ लाख उपचारखर्च दिइएको छ । वैशाख ११ को मन्त्रिपरिषद बैठकले यो उपचार खर्च दिने निर्णय गरेको थियो । सरकारको उपचार खर्च पाउनेमा पटकपटक सांसद, मन्त्री वा राज्यका बिभिन्न पदमा पुगेका व्यक्ति नै बढी छन् ।
कति बाँडे त शेरबहादुर देउवाले ?
गत असोज २० गतेको मन्त्रीपरिषद् बैठकले गृहमन्त्रालयलाई ८७८ जनाको आर्थिक सहयता एकमुस्ट ८ करोड ६२ लाख रुपैयाँ स्विकृत गरेकोमा अधिकांशले लिएका थिए । कात्तिक ६ गतेको बैठकले गृहमन्त्रालयको नाममा ३१० जनालाई आर्थिक सहायता दिनको लागि ४ करोड ५७ लाख ५० हजार रुपैयाँ दिने निर्णय गर्यो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा भएपछि मात्रै ११ सय ८८ जनालाइ १३ करोड १९ लाख रुपैयाँ दियो । निर्वाचनलाई प्रभाव पार्न राज्यकोषबाट मोटो रकम खर्च गरिएको आरोप खेपेको कांग्रेसले निर्वाचनमा भने सफलता हात पार्न सकेन । देउवा नेतृत्वको सरकारले साउन महिनामा ४ करोड ३८ लाख रुपैयाँ, भदौ महिनामा २ करोड ७३ लाख रुपैयाँ, कात्तिक महिनामा ८ करोड ८७ लाख रुपैयाँ तथा मंसिर महिनामा २ करोड ८६ लाख रुपैयाँ राज्यकोषबाट बाढेको थियो ।
राहत पाउनेमा केही अपवाद बाहेक प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आसेपासे नै बढी थिए । कतिपय अनुहार दोर्होयाएर र तेर्हेयाएर उपचारखर्च लिने लिस्टमा परेपनि थुप्रै आर्थिक सहायता हत्थाउन सिंहदरबार धाउने पेशेवर थिए ।
क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्