जनप्रतिनिधि नै विजुली चोर, चोरी नियन्त्रणको अभियानले पायो तिब्रता

काठमाडौ– विजुली चोर बिरुद्ध सरकार शसक्त बन्न थालेको छ । चोरी विरुद्ध परिणाममुखी रुपमा काम गर्ने निर्णय गरेको केही दिनमै विजुली चोरीमा संलग्न दुई वडाध्यक्ष सहित थप २१ जना पक्राउ पर्नुले सरकारी सक्रियतालाई पुष्टि गरेको हो । चोरी नियन्त्रणका क्रममा बिहीबार काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरी पक्राउ परेका थिए ।
सुरक्षाकर्मीसहित खटिएको प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा र्फममा विद्युत प्रयोग गरेको भेटएपछि पक्राउ गरेको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरेर शुक्रबार रिहा भए । यस्तै, राजविराज वितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका–५का वडाध्यक्ष रामानन्द चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी पनि १५ हजार जरिवाना तिरेर शुक्रबार छुटे । राजविराजबाट विद्युत चोरिमा संलग्न थप २१ जना बिरुद्ध कारबाही भएको छ । यसअघि विद्युत चोरीको अभियोगमा पक्राउ परेका बर्दियाको मधुवनी नगरपालिका–२ का वडाध्यक्ष पहाडी थारु पनि जरिवाना तिेरर छुटेका थिए ।
बुधबार बसेको गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठकले विजुली चोर बिरुद्धको कारबाही आक्रामक गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै सबै जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले संयुक्त रुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर अनुगमन र कारबाही तिब्र बनाइरहेका छन् ।
विद्युत चोरी नियन्त्रण ऐन–२०५८ र नियमावली २०५९ अनुसार विद्युत चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडको आधारमा हिसाब गरी एक वर्षको जरिवाना तिराउने व्यवस्था छ । प्राधिकरणले चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर तथा वितरण लाइन सदृढीकरण लगायतका काम अभियानकै रुपमा अघि बढाएको छ । २०.०६ प्रतिशत रहेको प्रणालीगत विद्युत चुहावट तीन वषभित्र १५ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।
क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्