अमेरिका चीन आर्थिक टकराब :ट्रेड युद्धको सुरुवाती संकेत की शक्तिको जाँच ?

काठमाडौं– चीनबाट अमेरिकामा आयात हुने ८०० भन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने अमेरिकी निर्णयले चीन अमेरिका ट्रेड युद्धको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको अमेरिकामा आयात हुने चीनिया उत्पादनमा ६ जुलाईदेखि २५ प्रतिशत कर लगाउने र बाँकी १६ अर्ब डलरको उत्पादनको कर बारे परामर्शमा रहेको खुलासा गरेसँगै ट्रेड वारको आशंका बढ्न थालेको हो ।
यता, चीनले पनि अमेरिकाले चिनियाँ उत्पादनमा लगाएको करको प्रतिउत्तर स्वरुप अमेरिकी उत्पादनमा कर लगाउने चेतावनी दिएर अमेरिका र चीनबीच सबै व्यापार वार्ता बन्द हुने चेतावनी दिईसकेको छ । जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले बदला लिएमा थप करको भार व्यहोनुपर्ने चेतावनी दिएका छन् । चीनसँग अमेरिकाको वर्षेनी ३४ अर्ब डलरको व्यापार भएकाले पनि यति ठूलो व्यापार साझोदारबीचको द्धन्द्धलाई अर्थ क्षेत्रका जानकारहरुले ट्रेड वारको सुरुवात भन्न थालेका छन् ।
अमेरिकाले चीनमा भइरहेको अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको अनुचित हस्तान्तरण रोक्न कर बढाएको दाबी गर्दैगर्दा चीनले आरोप अस्विकार गरेको मात्रै छैन जवाफी कारबाहीको चेतावनी दिएको छ । दुई शक्ति राष्ट्रबिचको आर्थिक किचलोलाई ब्यापार युद्धको सुरुवातका रुपमा हेरिदा अहिले यूरोप र अमेरिकाको शेयर बजार प्रभावित भएको छ ।
हतियारको सट्टा ट्याक्स वा ड्युटीको प्रयोग गरेर सुरु हुँदैगरेको अमेरिका चीन टकराबले ट्रेड वारको रुप लिन्छ वा बिचमा कतै निकास खोजिन्छ ? विश्वको ध्यान यतैतर्फ तानिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्