प्रभु टिभी सञ्चालनमा, डिसहोमलाई झड्का

काठमाडौं– प्रभु सहमूले डिस होमको डिजिटल भिडियो प्रशारणको बलियो उपस्थिति तोडेको छ । प्रभु समूहले ओटिटी प्रणालीमा आधारित मोबाइल, ट्यावलेट तथा ल्याबटपमा समेत टेलिभिज च्यानल हेर्न सकिने सुविधा सहितको टिभी सञ्चालनमा आएपछि डिसहोमको एकाधिकार तोडिएको हो ।
प्रभु टिभी कलसाइन मार्फत डिभिबीटिटु प्रविधिमा आधारित भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानलको उपलब्धता भएसँगै पहिलो चरणमा काठमाडौं, चितवन र पोखरामा सेवा विस्तार भएको छ । दोश्रो चरणमा वुटवल, भैरहवा, नेपालगञ्ज लगायतका शहरमा प्रभुले सेवा दिनेछ । टिभी च्यानलको उद्घाटन गर्दै प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले उच्च गुणस्तरीय डिजिटल टिभी च्यानल प्रशारण गरिने भन्दै प्रभुको सेवामा कुनै कमजोरी नहुने बताए ।
एकल प्रयोगकर्ताले ६ महिनाको १६ सय रुपैयाँ तिरेर टेलिभिजन हेर्न पाउने छन् । यो सेटअप बक्सका लागि १ हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्छ । संस्थागत प्रयोगकर्ताले मासिक २ सय र सेटअप बक्सका लागि ८ सय अतिरिक्त शुल्क तिर्नुपर्ने प्रभु टिभीमा बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन, सुचनामूलक नेपाली तथा अन्तर्राष्ट्रिय च्यानल हेर्न पाइने छ ।
क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्