पेट्रोलियम पदार्थको मूल्य समायोजना, विपक्षीलाई प्रभाव देखाउने संयोग

काठमाडौं–आठ महिनादेखी लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य आइतबार एकाएक घट्यो । थुप्रैले प्रतिपक्षी, दल, उसको भ्रातृ संगठन र सर्वसाधारणको बिरोधका कारण सरकारले मुल्य घटाएको चर्चा गरे । तर यसको वास्तविकता भने अर्कै थियो ।
बिरोधपछि मूल्य घटाइएको जस्तो संयोग जुरेपनि ईण्यिन आयल कर्पोरेशनले मूल्य घटेको सुची पठाएपछि नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेर हालको मुल्य प्रति लिटर ११० रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २\२ रुपैयाँ घटेको छ । अब प्रतिलिटर डिजेल र मट्टितेलका लागि ९३ रुपैयाँ तिनुपर्ने हुन्छ । यसअघि सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले सरकारले जताततै महंगी बढाएको भन्दै बिरोध गरेका थिए ।
यता, बिरोधीहरुले जस पाएपछि आयल निगमले भने भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरेको बताएको छ । आईओसीले प्रत्येक १५\१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । शनिबार आईओसीले मूल्य घटाएर सूची पठाएको थियो । यसअघि पनि पटक–पटक अन्तर्राष्ट्रिय मूल्य घटेर आएको थियो तर निगमनले अधिक नाफा र आफ्नो बिगतको घाटा समायोजनाका लागि भन्दै मूल्य बढाउदै आएको थियो ।
अन्तर्राट्रिय बजार मूल्यलाई कारण बनाएर तेलको भाउ बढाएको भन्दै प्रतिपक्षी दल र विद्यार्थी संगठनले सरकारको बिरोध गर्ने बाहाना पाएका थिए ।
क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्