४५ जिल्लामा शाखा विस्तार गरेको नेपाल इन्भेष्टमेण्ट बैंकले खोल्यो जुम्ला, बझाङ, प्यूठान र दाङमा नयाँ शाखा

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा एक्कै पटक शाखा विस्तार गरेको छ । यी जिल्लामा ४ वटा थप शाखा विस्तार गरेको बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरुप अघि बढेको बताएको छ ।
हरेक स्थानीय तहमा एउटा बैंक पुर्याउने सरकारी लक्ष्य अनुसार राष्ट्र बैंकले बैंकलाई विभिन्न स्थान सहित शाखा विस्तारको परिपत्र गरिसकेको छ । जुम्लाको हिमा गाउँपालिकास्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिकास्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा भने नेपाल इन्भेष्टमेण्ट बैंकले सेवा विस्तार गरेको छ । योसँगै अब इन्भेष्टमेण्ट बैंकको सञ्जाल हरेक प्रदेशमा पुग्नेभएको छ । प्रदेश १ मा ९ वटा, प्रदेश २ मा ६ वटा, प्रदेश ३ मा ३५ वटा, गण्डकी प्रदेशमा ६ वटा, प्रदेश ५ मा ११ वटा, कर्णाली प्रदेशमा ५ वटा र प्रदेश ७ मा ५ वटा शाखा गरिसकेको बैंकले ४५ वटा जिल्लाबाट सेवा प्रवाह गरिरहेको छ ।
८ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले १ सय १ वटा एटिएम, ७ वटा एक्स्टेन्सन काउन्टर तथा ७७ वटा शाखामार्फत आफ्ना ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्