अमेरिकी डलरको उच्च रेकर्ड, आयातित समानमा महंगीको मार

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ २३ पैसा तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको यो भाउ अहिलेसम्मकै उच्च हो ।
यसअघि नेपाली बजारमा अमेरिकी डलरले १ सय १५ रुपैयाँ ४८ पैसाको उच्च रेकर्ड बनाएको थियो । केही समय यता, नेपाली रुपैयाको तुलनामा डलरको भाउ निरन्तर बढिरहेको छ । सोमबार एक अमेरिकी डलरको मूल्य १ सय १५ रुपैयाँ ८ पैसामा झरेपनि मंगलबार झण्डै एक रुपैयाले बढेको थियो । अमेरिकी मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि भने नेपाली बजारका आर्थिक सूचकमा केही असर देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकाले पनि डलर आकाशिएको बताइएको छ । डलरको भाउ बढ्दा नेपालमा आयातित सामानले महंगी सहनुपर्ने हुन्छ ।
क्याटेगोरी : अर्थ / रोजगार, विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्