सवारी साधनको प्रदर्शनी नाडा अटो शो मेला, गाडीका पारखीलाई एकैथलोमा विभिन्न ब्राण्ड छान्ने अवसर

काठमाडौं – सवारी साधनहरुको प्रदर्शनी र बिक्री मेला नाडा अटो शो मंगलबारबाट काठमाडौंमा शुरु भएको छ । अटोमोवाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनको प्रदर्शन भैरहेको छ ।
६ दिनसम्म चल्ने प्रदर्शनी मेलामा आयातकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी ७१ कम्पनीको सहभागिता छ । १ सय ३४ वटा स्टल रहेको मेलामा ५ लाखसम्मको छुट पाउने उपभोक्ताले ४ करोड मुल्यसम्मका गाडी किन्न र अवलोकन गर्न पाउनेछन् । मेलामा हिरो, टाटा, स्कोडा, फोर्ड, ड्याट्सन, स्याङयोङ, हुण्डाइ लगायतका कम्पनीका गाडी स्टलमा निकै भिड लागेको छ । उद्घाटनकै समयमा केहीले गाडी खरिद गरेका थिए ।
सवारीसाधनसँगै नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार मेलाको मुख्य उद्देश्य रहेको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्