काठमाडौं महानरगको राजश्वमा दोब्बरले बृद्दी, लक्ष्य नाघ्ने अनुमान

काठमाडौं– काठमाडौं महानगरपालिकाको राजश्व यो बर्ष दोब्बरले बृद्धी भएको छ । चालु आर्थिक बर्षदेखि एकीकृत सम्पत्ति कर लागू गरेका कारण राजस्व संकलन प्रभावकारी भएको महानगरको दाबी छ ।
गत बर्ष साउनमा १५ करोड राजस्व संकलन भएकोमा यो बर्ष दोब्बर भएको महानगरपालिकाको राजस्व विभागका निर्देशक दीपक अधिकारी बताउछन् । यही अनुपातमा राजस्व संकलन भए आर्थिक बर्षको अन्त्यसम्ममा अनुमानित लक्ष्य नाघ्ने देखिन्छ । महानगरले आर्थिक बर्ष २०७५र०७६ मा १२ अर्ब ४ करोड ११ लाख ५७ हजार कर उठाउने लक्ष्य राखेको छ ।
१२ हजार ७९ करदाता रहेको महानगरले अझै सबैलाई करको दायरामा ल्याउन सकेको छैन । करको दायरामा आएकाले पनि स्वयम घोषणाका कारण निक्कै कम कर तिरिरहेका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्