Techie IT
Mission Khabar

भारतमा अध्ययनरत नेपाली रेजिडेन्ट चिकित्सकलाई सेप्टेम्बरदेखी एक लाखसम्मको ‘स्टाइपेन्ड’, दक्ष चिकित्सक अभाव झेल्दै नेपाल


काठमाडौं–नेपालमा अझैपनि धेरै सरकारी स्वास्थ्य संस्था र अस्पतालमा दक्ष चिकित्सकको अभाव छ । भएका सीमित डाक्टरपनि सेवा भन्दा सुविधामुखी भैदिदा दुर्गमको पीडा उस्तैछ ।

हुनत, यहाँको सेवा सुविधा भन्दा विदेशकै सुविधामा रमाउने डाक्टरहरु निक्कै धेर छन् । उनीहरुलाई स्वदेशकै सेवामा खटाएर सन्तुष्टी दिने बारे सरकार कत्तिपनि जिम्मेवार छैन । बरु बाहिर पढेर स्वदेश फर्किने भन्दा पनि उत्तै रमाउने डाक्टरहरुको संख्यामा बढोत्तरी हुने भएको छ ।

भारतका सरकारी संस्थानमा एमडी–एमएस, एमडी–एमसीएच गर्ने नेपाली रेजिडेन्ट चिकित्सकले अब आकर्षक सुविधा पाउने भएका छन् । लामो समयसम्म सेवा सुविधाको माग गर्दै भएको संघर्षले निकास पाएको छ , अर्थात उनीहरुले अब मासिक रुपमा ८० हजारदेखि एक लाख भारुसम्म ‘स्टाइपेन्ड’ पाउने भएका छन् ।

सेप्टेम्बरदेखि लागू हुने यो सुविधाले भारतमा पढेका डाक्टर उत्तै रमाउने संभावना पछि बढाएको छ । यसले सयौँ विरामी एउटा चिकित्सकले हेर्नुपर्ने हाम्रो बाध्यतालाई थप बढाउने निश्चित छ ।


क्याटेगोरी : अर्थ / रोजगार, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्