अमेरिकी करको मारमा चिनिया उत्पादन, नेपाली बजारमा समेत असर

एजेन्सी– चिनियाँ सामानमाथि अमेरिकाले बढाएको नयाँ कर कार्यान्वयनमा आएको छ । अमेरिकाले बढाएको दुई अर्ब बराबरका चिनिया उत्पादनमाथीको नयाँ करले व्यापार युद्ध झन् चर्काउने आँकलन गरिएको छ ।
अमेरिकामा नयाँ कर कार्यान्वयन भएसँगै चीनबाट अमेरिका निर्यात हुने आधाभन्दा बढी सामानमा करको असर देखिनेछ । अमेरिकामा चीनिया खाद्य वस्तुको बजार उच्च रहेका कारण करबृद्धिले आम उपभोगका सामानको मूल्य समेत बढाउनेछ । यो वर्षमात्रै अमेरिकाले तीन चरणमा गरी २ सय ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा कर लगाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्यापार असन्तुलन कम गर्न र रोजगारी जोगाउन आफूले पछिल्ला कदम चालेको प्रतिक्रिया दिने गरेका छन् । करिब ६ हजार प्रकारका चिनियाँ वस्तुमा थपिने नयाँ करलाई चीनले आर्थिक इतिहासकै सबैभन्दा ठूलो व्यापार युद्ध भनेको छ ।
अमेरिकी करबाट जुलाईपछि २ सय ५० अर्ब डलर बराबरसम्मको निर्यात प्रभावित हुने चिनिया अनुमान छ । चीनले अमेरिकासँगको थप व्यापार वार्तालाई रद्द गरेपछि तनाव बढ्दो छ । आगामी दिनमा कुनै सहमति नभए सन् २०१९ को शुरूबाट करमा २५ प्रतिशतले वृद्धि हुनेछ । अमेरिकी कदमको जवाफमा चीनले पनि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करको घोषणा गरिसकेको छ । अमेरिकामा निर्मित साना विमान, कम्प्युटर तथा कपडामा अतिरिक्त ५ प्रतिशत कर लगाउने चिनिया तयारी छ ।
अमेरिकामा उत्पादित रसायन, मासु, गहुँ तथा रक्सीमा पनि बेइजिङले १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेको छ । यता, अन्तर्राष्ट्रिय मुद्रा कोषले भने पछिल्ला व्यापारिक तनावले आर्थिक वृद्धिमा कमी ल्याउने प्रक्षेपण गरेको छ ।करको असरले अमेरिकी डलरमा उच्च बृद्धी हुँदा यसको असर नेपाली बजारमा समेत परेको देखिन्छ । अमेरिका चीन व्यापार युद्दको असर विश्वव्यापी बन्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, विश्व / विविध
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्