Techie IT
Mission Khabar

दसैंको नयाँ नोट सटही असोज दोश्रो साताबाट, १२ गतेबाट वित्तिय संस्था २१ गतेबाट सर्वसाधारणलाई


काठमाडौं– दसैंको नयाँ नोट सहटी आगामी असोज दोश्रो साताबाट सुरु हुने भएको छ । बैंक तथा बित्तिय संस्थाले नेपाल राष्ट्र बैंकबाट असोज १२ गतेदेखी साट्न पाउने नयाँ नोट, आम सर्वसाधारणले असोज २१ गतेवाट सटही गर्न पाउने छन् ।

राष्ट्र बैंकले दसैंका लागि १५ अर्व बराबरको नयाँ नोट बजारमा पठाउन लागेको जानकारी दिएको छ । सर्वसाधारणका लागि ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही खुल्ला गर्न लागेको बैंकले प्रति व्यक्ति २७ हजारको सिलिङ तोकेको छ ।

नेपाल बैंक, कृषि विकास बैंक र नेपाल बाणिज्य बैंकका उपत्यक भित्रका कुनैपनि शाखाहरुमा नयाँ नोट साट्न सकिने छ । अघिल्लो बर्ष राष्ट्र बैंकले अहिलेभन्दा दुई अर्ब कम नयाँ नोट सटही गरेको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्