सुपथ मुल्य पसल : सरकार उपस्थिति देखाउदै, उपभोक्ता भन्छन्, किराना पसल भन्दा महंगो भयो

काठमाडौं– सरकारको नारा, जनतालाई राहत र सहुलियत । अहिलेको मात्रै होइन, हरेर पटक फेरिने प्रधानमन्त्रीको पहिलो प्रतिबद्धता यहि हुन्छ । तर व्यवहारमा काम गराई अलिक फरक । हो अहिले चाडपर्वको माहौँल छ ।
उपभोक्ता सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसल धाइरहेका छन्, तर किराना पसल भन्दा उल्टै मुल्य बढी भएपछि खानी हात फर्कन बाध्य छन् । सुपथ मुल्य पसल आखिर कस्का लागि खोलिएका हुन ? उपभोक्ता प्रश्न गरिरहेका छन् । नगरुन पनि कसरी सुपथ पसलमा प्रतिकेजी ७० पर्ने चिनी किराना पसलमा ६८ रुपैयाँमै पाइने भएपछि । अनि भान्साका लागि अनिवार्य हुने तेलमा पनि सुपथ मुल्य पसलमा सहुलियत छैन । किराना पसलमा भन्दा ९ रुपैयाँ महंगो मुल्य लिएर तेलको बिक्रि भैरहेको छ, सुपथ मुल्य पसलमा ।
सुपथ पसलको मुल्य सुविधाका नाममा सास्ती भएको बताउने उपभोक्ता सुपथ मुल्य पसलमा दिइएको छुटप्रति नै सन्तुष्ट छैनन । काठमाडौं उपत्यकाका ११ स्थानमा सञ्चालित सुपथ मुल्यपसल मात्रै होइन, देशका अन्य ३५ स्थानकै यस्ता पसलमा उपभोक्ताको गुनासो छ । अनुभवबाट सुधार थाल्ने हो की निरन्तर उपभोक्तालाई राहत दिन नाममा समय र क्रमको बबार्दी गने हो ? सोच्ने समय आएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्