Techie IT
Mission Khabar

दशैको नयाँ नोट : ५० रुपैयाँको बण्डलमा गभर्नरको हस्ताक्षेर र नम्बर नै भेटिएन


काठमाडौं– दशैको किनमेल र चटारोले सबैलाई व्यस्त बनाएको छ । अझ भनौँ दशैको टिका आउन ६ दिन मात्रै बाँकी छ । हो, सबैको व्यस्तता बढिरहँदा दशैका लागि नयाँ नोट छापेको नेपाल राष्ट्र बैंकले ठूलो लापरबाही गरेको रहस्य बाहिरिएको छ ।

दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट सटही गरेको ५० रुपैयाँको नोटमा गभर्नरको हस्ताक्षर र नम्बर अंकित नभएको पाइएको हो । सहकारीका कर्जा अधिकृतले एउटा फाइनान्सबाट ल्याएको १ लाख २० हजार मध्ये ५० रुपैयाँको बण्डलमा यस्तो लापरबाही भेटिएको छ । यसलाई लापरबाही भन्ने वा व्यस्तताको भुलाई प्रश्न उब्जिएको छ ।

गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेपछि राष्ट्र बैंको विश्वसनियता माथी नै प्रश्न उब्जिनु स्वभाविक पनि हो । यस्तो गल्ति आगामी दिनमा दोहोरिनु हुँदैन ।


क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्