Techie IT
Mission Khabar

तिहार नजिकिएसँगै झिनियाको माग बढ्दो, प्रति दर्जन ७० रुपैयाँ सम्ममा बिक्रि


पाल्पा – तिहार नजिकिएसँगै पाल्पाका विभिन्न बजारमा झिनियाको माग बढेको छ । पाल्पाको रामपुर क्षेत्रका झिनिया व्यवसायी माग बढेसँगै व्यस्त हुन थालेका छन् ।

अन्य समयमा थोरै मात्रामा विक्रिी हुने रोटिको परिकार झिनिया तिहारको समयमा भने अत्याधिक बिक्रि हुने गर्छ । स्थानीय व्यवसायी लक्ष्मी श्रेष्ठ तिहारमा माग अनुसार झिनिया बनाउन नसकेको बताउँछन् । रामपुरबाट उत्पादन भएका झिनियाँ गण्डकी बेशी क्षेत्र मै खपत हुँदै आएको छ ।

गैडाकोट, वालिङ् लगायत बजारमा केही मात्रामा पठाईए पनि बुटवल तथा अन्य शहरबाट आएको माग पुरा गर्न नसकिएको व्यवसायी बताउँछन् । तिहारमा मात्र यस क्षेत्रका व्यवसायीले झिनिया बेचेरे डेढ लाख बढी आम्दानी गर्दै आएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्